Section 18C
सजायमा छुट हुने
: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतसजाय हुने कुनै लागू औषधको कारोबारमा स्वयं संलग्न रहेको गिरोह वा अन्य कुनै गिरोहकोबारेमा जानकारी र सुराक दिई सो सम्बन्धमा मुख्य अपराधी पत्ता लगाई दिई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई निज अपराधमा संलग्न भएपनि यस ऐन अन्तर्गत हुने सजायमा पूर्ण वा आंशिक रुपमा सजायमा छुट हुने गरी अभियोगपत्रमा मागदावी भएमा मुद्दा हेर्ने अधिकारीले पनि सोही अनुसार सजायमा छुट दिन सक्नेछ ।